१३ फोटोमा हेर्नुहोस् फूलहरुले ढकमक्क भएको काठमाडौं

काठमाडौं । चैत वैशाख वसन्तमा फूल्छन् फूलै फूल । भन्नेले जानेरै भनेका होलान् यो महिना फूलहरुको हो । पुराना पात खसेर नयाँ पालुवा लाग्छन्, ओइलाएका फूलहरुको ठाउँ कलिला कोपिलाहरुले लिन्छन् यो मौसममा ।

काठमाडौंका सडक र गल्लीको छेउमा पनि आजकल यस्तै दृश्य देख्न सकिन्छ । धुवाँधुलो, अस्तव्यस्तता, भाीडभाडले बिग्रिएको ‘मुड’लाई राता, पहेंला, गुलाबी, बैजनी रङ्गका फूलहरुको दृश्यले फ्रेस बनाइदिन्छ ।

जाडो मौसमलाई भर्खरै विदा गरेको काठमाडौंले बल्ल पारिलो घामको स्वाद चाख्न पाएको छ । दिन उघ्रिएको छ । अनि घमाइलो दिनमा सुनमा सुगन्ध थपेजसरी फूलेका छन् नानाथरी फूलहरु ।

हेर्नुहोस् फूलहरुले ढकमक्क भएको काठमाडौं १३ फोटोमा :

तस्वीर : गोकुल पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?