युभेन्टसका मिडफिल्डर माटुइडीलाई कोरोनाको संक्रमण

काठमाडौं । इटालियन क्लब युभेन्टसका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

युभेन्टसले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको हो । फ्रान्सका विश्वकप विजेता ३२ वर्षे माटुइडी अहिले आइसोलेसनमा रहेको युभेन्टसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुसँग बताएको छ ।

कोरोनाको संक्रमण देखिने माटुइडी युभेन्टसका पहिलो खेलाडी भने होइनन् । यस अगाडि पनि डिफेन्डर डानिली रुगानीलाई संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?