काठमाडौं । भारतमा दैनिक कोरोना भाइरसको संक्रमण थपिने क्रम बढीरहेको छ । आज १० जनामा संक्रमण थपिएपछि भारतमा संक्रमितको संख्या १४७ पुगेको भारतीय टेलिभिजन एबीपीको अनलाइन संस्करण एबीपी लाइभले लेखेको छ ।
संक्रमित हुनेहरुमा भारतीय नागरिक १२२ र विदेशी २५ जना रहेको जनाएको छ । १४ जना संक्रमितहरु ठिक भएर घर फर्किएका छन् । तीन जनाको भने भाइरस संक्रमणबाट मृत्यु भइसकेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार १६ राज्यमा कोरोना भाइरस फैलिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा भाइरसको प्रभाव परेको एबीपी लाइभले लेखेको हो ।
यो पनि पढ्नुहोस्
कोरोनाको संक्रमण ब्लड ग्रुप ‘ए’लाई धेरै र ‘ओ’लाई कम हुने चिनियाँ शोधकर्ताको दाबी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया