अपडेट: आठ हजार नजिक पुग्यो कोरोनाबाट मर्नेको संख्या, १६७ देशमा फैलियो

काठमाडौं – कोरोना भाइरस ‘कोभिड १९’ को कारण मर्नेको संख्या बढीरहेको छ । चीनबाट फैलिएको यो भाइरस नियन्त्रणबाहिर पुगेको छ । गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको यो भाइरस ‘कोभिड १९’ यतिबेला चीनमा क्रमिक रुपमा घट्दै जाँदा युरोप र अमेरिकामा व्यापक रुपमा फैलँदो छ ।

अर्थतन्त्र धरासायी भइरहेको छ ।

अत्यावश्यक कारोबारबाहेकका सेवा बन्द गरिएको छ । दिनरात नभनी चिकित्सकहरु यसको औषधी खोज्नमा व्यस्त भएतापनि यसको औषधी हालसम्म फेला पार्न सकेको छैन ।

यसैबीच कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ९ सय एकानब्बे  (7,991)पुगेको छ । संक्रमित संख्या दुईलाख नजिक पुगेको छ । एक लाख ९८ हजार नौ सय चवन्न (198954) जना संक्रमित भएका छन् । यसैबीच ८२ हजार ७ सय ७९ (82779) जना मानिस उपचारपछि घर फर्किएका छन् ।

ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा समस्या यस रोगका प्रमुख लक्षण हुन् ।
२ देखि १४ दिनमा यसको असर देखिन सक्छ । अनुसन्धाताको अनुसार केहि नमुनामा यो १९ दिनसम्म बाँचेको देखियो । ८० वर्षमाथिका मानिसलाई यो संक्रमण भएमा यसैका कारण मृत्यु हुने संभावना १४.८ प्रतिशत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?