कोरोनाबिरुद्ध लड्न स्पेनका मानिसले अपनाए अनौठो तरिका

काठमाडौं । स्पेनमा वुधवार विहानसम्म कोरोना भाइरसका ११ हजार ८२६ मामिला साम्ने आएका छन् भने अहिलेसम्म ५३३ जनाको ज्यान गईसकेको छ ।

केहि शहर लकडाउन गरिएको छ । यसैबीच त्यहाँ एक अर्कामा हौसला बाँडिरहेको फोटो भाइरल भएको छ । त्यहाँ बासिन्दाहरु एक जुट भएर छिमेकीहरुलाई घरबाटै एकअर्कामा हौसला बाँडिरहेको देख्न सकिन्छ ।

मड्रिडसहित केहि शहरहरुमा आठ बजेपछि मानिसहरु आफ्नो घरको बार्दली, सिँढीहरुमा आएर सिठी, ताली बजाएर कोरोनाको महामारीसँग लड्ने सन्देश दिइरहेका छन् ।

शहर लकडाउन भएपनि त्यहाँका बासिन्दाहरु आफूलाई खुसी, तन्दुरुस्त र सन्तुलित राख्नको लागि नयाँ नयाँ तरिका अपनाईरहेका छन् ।

केहि युवाहरु डान्स क्लासेस र अनलाइन जुम्वा योग गरिरहेका छन् । त्यसो गर्दा शासन र मेडिकल स्टाफहरुको प्रति कृतज्ञता हुने त्यहाँका बासिन्दाहरु बताउँछन् ।सरकारले मानिसहरुलाई एकबाट अर्काे ५ फिट टाढा रहन सल्लाह दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?