कोरोनासँग लड्न भारतीय प्रधानमन्त्री मोदीको अपील : सुझाव दिनुहोस्, २.८० लाख पाउनुहोस्

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै कोरोना भाइरससँग लड्नका लागि आफ्ना देशवासीहरुसँग सुझाव मागेका छन् ।

साथै उनले विजेतालाई भारतीय १ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा समेत गरेका छन् । ट्वीट गर्दै उनले लेखेका छन्, ‘अधिकांश मानिस कोविड १९ का लागि टेक्नोलोजीको माध्यमबाट समाधान साझा गरिरहेका छन्, म उनीहरुलाई @MYGOVINDA मा आफ्नो सुझाव साझा गर्नेका लागि अपील गर्दछु, तपाईहरुको यो प्रयाश केहि प्रकारको सहयोग मिल्न सक्दछ ।’

https://innovate.mygov.in/covid19/

माई गभर्मेन्ट इण्डियाको ट्वीटर ह्याण्डिल @MYGOVINDA को पेजमा दिइएको च्यालेन्जमा भनिएको छ, स्थानीय रुपबाट भाइरस बढ्नबाट रोक्नको लागि देशका नागरिकहरुलाई सहि जानकारीका साथ शशक्त बनाउन आवश्यक छ ।

हामी त्यस्ता कम्पनीहरु र त्यस्ता व्इक्तिहरुबाट जानकारी प्राप्त गरि रहेका छौँ, जोसँग टेक्निक र समाधान, जैवीक सूचना विज्ञान, डेटासेट, निदान आदिका लागि यस्ता एप्लीकेशन छन्, जसको मद्दतबाट कोरोना भाइरसबिरुद्ध लड्न सकिन्छ ।

एजैन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?