बैंकमा पैसा राख्दा ब्याज बढि, झिक्नेलाई कम !

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनाको वित्तिय विवरण सार्वजनिक भएको छ । जसअनुसार बैंकमा पैसा जम्मा गर्नेहरू (निक्षेप) को ब्याज बृद्धि भएको छ । भने यस अवधिमा कर्जा ऋणको औसत ब्याजदर घटेको तथ्यांकले देखाएको छ ।

उक्त तथ्यांक अनुसार यस अवधिमा व्यवसाय कर्जाको औसत ब्याजदर करिब १ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय विवरण अनुसार गत वर्षको ७ महिनाको अवधिमा कर्जाको ब्याजदर १२ दशमलव ३४ प्रतिशत रहेको थियो । भने चालू आर्थिक वर्षको ७ महिनामा ११ दशमलव ९४ मा झरेको छ ।

साथै कुनैपनि व्यवसायीले लिने रकमको ब्याजदर घटेको छ । भने तिनै व्यवसायीले बैंकमा पैसा जम्मा गरेर पाउने ब्याज अघिल्लो आवको यहि अवधिको तुलनामा बढेको छ । त्यस्तै आवको यस अवधिसम्ममा निक्षेपको ब्याजदर औसत बढेको छ । उक्त व्याजदरमा बृद्धि भइ ६ दशमलव ७८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको ७ महिनामा भने यस्तो ब्याजदर ६ दशमलव ६७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

साथै यस अवधिमा वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर घटेको छ । त्यस्तो व्याजदर घटि ४ दशमलव ५९ प्रतिशत कायम भएको छ । भने उक्त दर गत २०७५ माघमा ५ दशमलव ७९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?