काठमडौं । बुधबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस फैलिन नदिन समितिले त्यस्तो निर्णय गरेको हो ।
चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने
सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले आज बुधबार ३० अप्रिलसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
यस भाइरसको प्रकृति निकै संक्रमक भएका कारण हाच्छ्यु गर्दा, खोक्दा, श्वासप्रश्वास गर्दा सजिलै सर्ने भएकोले पनि निकै सचेतना अपनाउन जरुरी छ ।
सरकारले नागरिकलाई कामका बेला बाहेक भिडभाडमा नजान, घुमफिरको लागि यात्रा तय नगर्न तथा उपभोग्य वस्तुको खपत सन्तुलित र सावधानीपूर्वक गर्न भनिरहेको छ ।
अव २५ जना भन्दा बढी भेला हुन नपाउने
अव २५ जना भन्दा बढी भेला हुन नपाउने सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । आज बसेको रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको आठौं बैठकले अत्यावश्य काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।
सरकारको निर्णयः ५५ मुलुकबाट नेपाल आउन रोक
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन प्रतिबन्ध लगाएको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशहरुले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् । यसैक्रममा नेपाल सरकारले कोरानाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया