कोरोनाविरुद्ध नेपाल सरकारको १५ महत्वपूर्ण निर्णय, हेर्नुहोस् पूर्णपाठ

काठमाडौं । विश्वभर फैलिएको कोरोनाकोविरुद्ध उच्च सतर्कता अपनाउदै सरकारले विभिन्न १५ निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले उक्त निर्णय गरेको हो ।

सरकारको निर्णयः ५५ मुलुकबाट नेपाल आउन रोक
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन प्रतिबन्ध लगाएको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशहरुले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् । यसैक्रममा नेपाल सरकारले कोरानाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ ।

अव २५ जना भन्दा बढी भेला हुन नपाउने

एसईई बाहेक भोलीबाटै सबै विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय

कोरोनाबाट बच्न सरकारको निर्णय : सिनेमा हल, जिम र डान्स बार बन्द गर्ने !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?