कोरोना संक्रमणको आशंकामा एक युवकले गरे अस्पतालमा आत्महत्या

काठमाडौं । चीनको वुहान शहरबाट महामारीका रुपमा संसारभर फैलिएको कोरोनाका कारण अहिलेसम्म सारा विश्वमा ८ हजार ६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख १९ हजार २ सय ४३ जना कोरोनाका संक्रमित रहेका छन् ।

त्यस्तै कोरोना भाइरस विश्वका १७६ देशमा फैलिइसकेको छ । छिमेकी देश भारतमा पनि कोरोनाका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने २ सय भन्दा धेरैमा कोरोनाको संक्रमण देखा परेको छ ।

त्यस्तै हिजो भारतको दिल्लीस्थित कोरोना भाइरस संक्रमित एक युवकले सफदरजंग अस्पतालबाट कुदेर आत्महत्या गरेका छन् ।

अस्पतालको सातौँ तलाबाट हाम फालेर पञ्जावका एक युवकले आत्महत्या गरेका छन् । मृतक युवक बिहीवार अष्ट्रेलियाको सिड्नीबाट भारत फर्किएका थिए ।

उनलाई कोरोनाको संक्रमण भएको फेला परेपछि राती ९ बजे नै अस्पताल लगिएको थियो । भाइरसको संक्रमण पाइएपछि उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टबाट सफदरजंग अस्पताल पठाइएको थियो । जहाँ सबै कोरोनाका संक्रमितहरु राखिएको छ ।

परिवारका अनुसार उनी कोरोना भएको आशंकाबाट एकदमै चिन्तित थिए । तर अस्पतालले भने उनको कोरोनाको सम्बन्धी परिक्षण नभएको बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?