भक्तपुरमा भित्रियो कोरोना परिक्षण गर्ने अत्याधुनिक मेसिन

भक्तपुर । भक्तपुरको ठिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परिक्षण गर्ने मेसिन पोलीमेरेज चेन रियाक्सन (पिसिआर) ल्याईएको छ ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोनाका कारण हालसम्म १७६ देशमा संक्रमण फैलिसकेको छ । भने ९ हजारको हाराहारीमा मानिसहरुको ज्यान गइसकेको छ । कुनैपनि मानिसलाई कोरोनाको शंका लागेमा उक्त मेसिनबाट पत्ता लगाउन सकिने महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले लोकपथलाई जानकारी दिए ।

साथै भक्तपुर जिल्लाभरी हालसम्म २३ वटा आइसोलेसन वार्डहरु निर्माण गरि कोरोना संक्रमण हुन नदिन जिल्लामा धेरै सतर्कता अपनाइएको प्रधानले बताए । त्यस्तै “कोरिया मैत्री नगपालिकाले कोरोना संक्रमित व्यक्तिहरुलाई सहजता प्रदान गर्नका लागि सुविधायुक्त एम्बुलेन्स तयार पारिएको र विभिन्न ठाँउमा आइसोलेनस वार्डहरु निर्माणको काम भइरहेको छ” उनले भने ।

साथै मध्यपुर ठिमि नगरपालिकाद्धारा संचालित यस अस्पतालमा उक्त मेसिन ल्याएसंगै समग्र भक्तपुर जिल्लावासीलाई नै कोरोनाको परिक्षण गर्न सहज हुने  प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?