काठमाडौं । चर्चित बलिउड अभिनेता शाहरुख खान अहिले फिल्ममा अभिनय नगरे पनि निर्माताका रुपमा भने सक्रिय छन् ।
अब उनी सन् २०१८ मा मुजफ्फपूरमा बालिका गृह सञ्चालन गर्नेवाला संस्था सेवा संकल्प एवम विकास समितिमा भएको यौन शोषण मामिलामा आधारित भएर फिल्म बनाउन गइरहेका छन् ।
एनजीओको माध्यमबाट बालिका गृहको सञ्चालन हुने गरेको थियो । कम्पनी चलाउने र त्यहाँ काम गर्नेहरुले बालिकामाथि गरेको शोषण र उनीहरुलाई दिएको पीडामा आधारित भएर उक्त चलचित्र निर्माण गर्न लागिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
‘टाटा इन्स्टीट्युड अफ सोसल साइन्सेस’ले त्यसबारे सोसलमिडियामा सार्वजनिक गरेपछि घटना सार्वजनिक भएको थियो ।
त्यसपछि त्यहाँका बालिकाहरुलाई उद्धार गरिएको थियो । उक्त चर्चित घटनाक्रममा बन्ने फिल्मलाई पुलकितले निर्देशन गर्ने भएका छन् । उनले यो बारेमा धेरै रिसर्च पनि गरेका छन् ।
शाहरुखलाई पनि यो विषय मन परेपछि उनले फिल्मको निर्माता बन्न स्वीकार गरेका छन् । फिल्ममा लीड रोल पत्रकारको हुने बताइएको छ । तर अहिलेसम्म कसले अभिनय गर्नेछ भन्ने बारेमा केहि टुङ्गो लागेको छैन ।
फिल्म शुटिङ्ग जुलाई देखि गर्ने सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया