काठमाडौं । बीमा समितिको सञ्चालक समितिमा किरण कुमार श्रेष्ठ नियुक्त भएका छन् । बीमा समितिलाई बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा हेर्ने गरिन्छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सिइयो श्रेष्ठलाई नयाँ सञ्चलाकमा नियुक्त गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
गत फागुन १८ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णय अनुसार श्रेष्ठलाई समितिमा सहभागी गराइएको थियो । भने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले श्रेष्ठलाई समितिमा नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया