काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन सर्ने भएको छ । महासंघले आगामी चैत २८ र २९ गते काठमाडौंमा निर्वाचन गर्ने गरि मिति घोषणा गरेको थियो । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण निर्वाचन सार्न लागिएको हो ।
सरकारले कोरोनाको जोखिम न्युनिकरणको लागि भन्दै ठुला भेला तथा जमघट नगर्नका लागि निर्देशन दिएको छ । सरकारले बुधवार बसेको उच्च स्तरिय बैठकले सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेको छ । त्यससँगै महासंघको निर्वाचन आगामी १ महिना सार्न लागिएको महासँघले जनाएको छ ।
१ महिना चुनाव सार्ने प्रस्ताव गर्दै महासंघले आज दिउँसो २ बजे स्ट्याण्डिङ कमिटिको बैठक बोलाएको छ ।
अहिले हुन लागेको महासँघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल तथा किशोर कुमार प्रधान प्रतिष्पर्धा गर्न लागेका छन् । भने शेखर गोल्छा आगामी कार्यकालको लागि स्वत् अध्यक्ष हुने भएका छन् । महासँघको विधानमा वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनसक्ने कानुनी प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया