यस्ता छन् आँखा सम्बन्धी ११ रोचक तथ्य !

काठमाडौं । आँखा हाम्रो शरीरको अत्यावश्यक अंग मध्येको एक हो । दृष्यको माध्यमबाट आँखाले नै हामी सारा विश्वलाई नै देख्न र नियाल्न सक्दछौँ । आज हामीले आँखाका बारेमा जान्नै पर्ने कुरा तपाईह्ररुलाई जानकारी दिनेछौँ ।

१. मानिसको आँखा २० लाख हाराहारी भाग मिलेर बनेको हुन्छ ।

२. कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो जहाँ,आँखाको कोर्नियामा रगत प्रवाह हुँदैन ।

३. एउटा स्वस्थ मानिसले प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ भने १ दिनमा करिब १६ हजार पटक र १ बर्षमा

६ लाख पटक आँखा झिम्काउँछ ।

४. बयस्क मानिसको एउटा आँखाको तौल करिव २८ ग्राम हुन्छ ।

५. कुनैपनि मानिसको जन्मदेखि मृत्युसम्म नै आँखाको आकार परिवर्तन हुँदैन ।

६. हाछिउ गर्ने बेलामा सधैँ आँखा बन्द हुन्छ ।

७. भर्खर जन्मेको बच्चा रुन्छ तर उसको आँखामा आँसु भने आउदैन ।

८. कुनैपनि मानिसको आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।

९. पृथ्वीको भूभाग समतल भएको स्थानमा एउटा स्वस्थ आँखाले ५० किलोमिटर पर सम्म बलिरहेको बत्ति देख्न सक्छ ।

१०. कुनैपनि मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउने क्षमता राख्दछ ।

११. हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०.३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा झिम झिम गर्दा प्रतिदिन करिव ३० मिनेट बन्द हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?