दुई श्रीमतीले हप्ताको ३/३ दिन बाँडफाँड गरे श्रीमान, एकदिन छुट्टि

काठमाडौं । भारतमा एक व्यक्तिकी श्रीमती र प्रेमिकाबीच बाँडफाँट भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँट भएको हो।

भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँटको सहमति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छोडेपछि श्रीमतीले प्रेमिकासंग प्रहरीको उपस्थितिमा सहमति गरेको बताइएको छ। सहमति अनुसार अब ती पुरुष हप्ताको ३ दिन श्रीमतीसँग बस्नेछन् भने ३ दिन प्रेमीकासँग बस्नेछन्। हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन्।

राजेश कुमार नाम गरेका पुरुषकी प्रेमीकाले प्रहरीमा प्रेमी पाँच दिन देखि आफ्नोमा नआएको उजुरी दिएपछि प्रहरीले राँचीको सदर पुलिस थानामा राजेश, उनकी प्रेमिका र श्रीमती जम्मा गराएर सम्झाउने क्रममा बाँडफाँटको सहमति भएको थियो।

भारतीय सञ्चार माध्यमहरुका अनुसार राजेशले प्रेमीकासँग पनि विवाह गरेका थिए। विगत पाँच दिन देखि राजेश नयाँ श्रीमतीकोमा नगएपछि उनले प्रहरीका उजुरी दिएकी थिइन्।

उनीहरुबीच भएको सहमति अनुसार हप्ताको एक दिन राजेशलाई छुट्टि छ। त्यस दिन उनले चाहेको श्रीमतीसँग बस्न पाउनेछन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?