काठमाडौं । कोरोनको कारण विश्व बजारमा यतिखेर ठुलो असर परेको छ । संक्रमणबाट थप जटिलता नआवस भन्नका लागि निश्चित अवधिका लागि होटल, सिनेमाघर, अन्य सर्वसाधारणको भिड हुने ठाँउहरु बन्द भइरहेका छन् । यसैक्रममा नेपालमा पाँचतारे होटल हायत बन्द भएको छ । कोरोनाको त्रासले पर्यटक गतिबिधि नै नगन्य भएपछि हायत होटलले ६ हप्ता बन्द गर्ने निर्णय गरेको सञ्चालकले जनाएको छ ।
होटल सञ्चाकका अनुसार आइतबारबाट होटल ह्यात ६ हप्तालाई बन्द गर्ने निर्णय भएको हो। साथै त्यो बेला बेलासम्म कोरोना भाइरस नियन्त्रणमा आएन भने अझै बढ्न सक्ने पनि महासंघले जनाएको छ ।
साथै होटलले बन्द अवधिभर आफ्ना कर्मचारीलाई १२ दशमलव ५ प्रतिशत तलब सुविधा दिने निर्णय समेत गरेको जनाएको छ ।
त्यस्तै पर्यटकको आगमनमा आएको कमिका कारण व्यवसायीहरु होटलहरु बन्द गर्न थालेका हुन् ।
यसै कोरोनाकै कारण नेपालका अन्य पाँच तारे होटल भिभान्ता, सोल्टी र समिट पनि बन्द गर्ने प्रकृया अघि बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया