काठमाडौं । पैसाबाट कोरोना भाइरस सर्ने जोखिम भएकाले डिजिटल बैंकिङ कारोबार निःशुल्क हुने भएको छ । कोरोना भाइरसको संक्रमण साम्य नहुँदासम्म डिजिटल माध्यमबाट गरिने कारोबार निःशुल्क हुने भएको हो ।
नोटको कारोबारबाट कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले राष्ट्र बैंक समक्ष डिजिटल बैंकिङ निःशुल्क गर्न माग राखेको हो । संघको प्रस्तावमा राष्ट्र बैंक सकारात्मक देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाको काउन्टरमा सेवाग्राहीको भीड जम्मा हुने भएकाले सरकारको २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने निर्देशन बमोजिम सो निर्णय लिइएको हो ।
साथै, कोरोना भाइरसका कारण बैंक बन्द नहुने भएको छ । बैंकिङ कारोबार केही सुस्त भएपनि ठप्प भने हुने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया