छिमेकी देश भारतमा आइतबार ‘जनता कर्फ्यु’ घोषणा गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बिहीबार देशबासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको रोकथामका लागि भारतभर ‘जनता कर्फ्यु’ घोषणा गरेका हुन् ।
हाल भारतमा कोरोना भाइरसको संक्रमण बढ्ढो क्रममा रहेको छ ।
मोदीको घाषणाअनुसार आइतबार बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म जनता कर्फ्यु लागू गरिनेछ ।
उनले भने, ‘महामारीको रुपमा फैलिएको यो भाइरस विरुद्ध लड्न जनताको, जनताद्वारा नै यो कर्फ्यु सफल बनाउन म आग्रह गर्छु । यो समयमा कोही पनि आफ्नो घरबाट बाहिर ननिस्कनुस्। सबैजना आफ्नो घरमा नै बस्नुस्। यो हाम्रो लागि चुनौती हो । विश्वव्यापी महामारी विरुद्ध लडाई हो।’
उनले केही हप्तासम्म ६० वर्षभन्दा माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।
मोदीले खाद्यान्न, औषधी, लगायत अत्यावश्यक सामानहरुको कमी हुन नदिन सरकारले प्रयास गरिरहेको जानकारी दिए ।
२२ मार्चमा हुने जनता कर्फ्यूको बारेमा आफ्ना नजिकका मानिसलाई फोन वा अन्य कुनै माध्यमबाट सूचना दिन पनि उनले आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया