निर्भया ‘बलात्कार’ का दोषी चार जनालाई मृत्युदण्ड दिइयो

निर्भया सामूहिक बलात्कारका चार जनै अभियुक्तलाई शुक्रबार बिहान मृत्युदण्ड दिइएको भारत सरकारले जनाएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् ।

दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।

सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?