यू–१९ विश्वकप क्रिकेटको उपाधी भारतलाई, अस्ट्रेलिया पराजित

काठमाडौं, २० माघ । भारतले यु–१९ विश्वकप क्रिकेटको उपाधी जितेको छ । शनिबार भएको फाइनलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारत यू–१९ विश्वकप क्रिकेट च्याम्पियन बनेको हो भारतले यु–१९ क्रिकेटको उपाधी जितेकोको यो चौथो पटक हो । अस्ट्रेलियाले तीन पटक यो उपाधी जितेको छ उपाधिका लागि अष्ट्रेलियाले दिएको २१७ रनको लक्ष्य भारतले मनजोत कालराको शतकको मदतमा मात्र ३८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो भारतका ओपनरद्वय पृथ्वी शाह र मनजोतले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे । कप्तान पृथ्वी २९ रनमा आउट भए भने मनजोतले दोस्रो विकेटका लागि शुभम गिलसँग ६० रनको साझेदारी गरे । गिल व्यक्तिगत ३१ रनमा पभेलियन फर्किए त्यसपछि आएका हार्भिक देसाइसँग मिलेर भारतलाई जित दिलाउने क्रममा मनजोतले शतक पुरा गरे । उनी १०१ रनमा अविजित रहे भने देसाईले नटआउट ४७ रन जोडे यसअघि न्यूजिल्याण्डको बे ओभरमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ४७.२ ओभरमा २ सय १६ रन बनाएका थियो । भारतका इशान पोरेल, शिवा सिंह, कमदेश नगरकोटी र आनुकूल रायले समान २–२ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?