त्रिभुवन विश्वविद्यालयको रेक्टरमा शिवलाल भुसाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शिक्षाध्यक्ष (रेक्टर) पाएको छ । त्रिविको रेक्टर मा डा. शिवलाल भुसाल नियुक्त भएका हुन् ।

३ वर्षअघि मानविकी तथा समाजशास्त्रको डीनको रुपमा कार्यरत भुसाल पुसदेखि निमित्त रेक्टर बनेका थिए।

अर्थशास्त्रमा विद्यावारधि गरेका भुसाल लामो समय पाल्पााको त्रिभुवन क्याम्पसमा अध्यापन गराएका थिए।

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भुसाललाई बिहीवार नियुक्त गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?