काठमाडौं । पानी मानव जीवनको अपरिहार्य वस्तुहरु मध्येको एक हो । पानीको कुनै रङ र आकार हुँदैन । तर तपाईहरुलाई आज हामी सोहि पानीको बारेमा केहि बताउन गईरहेका छौँ । जुन अनौठो रहेको छ ।
कुनै रङ र आकार नहुने पानीलाई जस्तो रङ र जस्तो भाडामा राख्यो त्यस्तै आकार र रङ पनि आउने गर्दछ ।
भाडाको रङ र आकारमा पानीको रङ परिवर्तन हुने बारेमा त थाहा पाईरहेको कुरा नै हो । तर यो दुनियामा यस्तो अनौठो ठाउँ छ जहाँ पानी मौसमको आधारमा रङ परिवर्तन गरिरहन्छ । कोलम्बियामा यस्तो एक स्थान छ जहाँ नदीले मौसम अनुसार रङ परिवर्तन गरिरहन्छ ।
त्यति मात्र होइन, अर्काे अचम्म लाग्दो कुरा के छ भने मौसम अनुसार परिवर्तन गरिएको नदी एकदमै सुन्दर तथा मनै लोभ्याउने खालको दृश्य देख्न सकिन्छ ।
उक्त नदिले मौसम अनुसार रातो, हरियो, पहेँलो रंगीचंगी लगाएतको रंगहरुमा परिवर्तन गर्दछन् । सो नदीलाई लिक्वीड रेन्बो को नामले पनि चिनिन्छ ।
धेरैजसो हल्का तथाा गाढा गुलाफी हुने नदि कहिलेकाहीं नीलो, पहेँलो, नौरंगी र हरियो पनि हुने गर्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया