काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को आशंका लागेका बिरामीको उपचारमा संलग्न चिकित्सकहरूलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउनु पर्ने भएको छ ।
बिरामीको उपचारपछि घर फर्किँदा अरुमा जोखिम बढ्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयले उपचारपछि घर जान नचाहने चिकित्सकहरूका लागि छुट्टै आवासको व्यवस्था गर्नुपर्ने निर्देशन दिएको छ ।
मन्त्रालयको निर्णयमा भनिएको छ, ‘कोभिड–१९ का शंकास्पद बिरामीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू घर जाँदा घरमा रहेका बृद्धबृद्धा तथा केटाकेटीहरूमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीहरूले चाहेमा निजहरूलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउने ।’
निर्णय :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया