अब इसेवाबाट बैंक खातामा पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने बनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाले उक्त सुविधा उपलब्ध गराएको हो ।

इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाएको हो ।

इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतकादुई हजार भन्दा बढी सेवाहरूको शुल्कभुक्तानी गर्न सकिन्छ ।

बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएको तथा यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका कम्पनीले गरेको जनाएको छ । इसेवामाहाल ४९ वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । त्यस्तै इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ ।

साथै उक्त सेवा मार्च १९ बिहीवार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?