यो गाउँमा विवाह गर्न युवक नपाउँदा अविवाहित नै बस्छन् युवती !

काठमाडौं । बेला बखतमा विश्वका कुना कन्दराबाट बिभिन्न खाले अनौठा, रोचक र अपत्यारिला खबरहरु आई नै रहेका हुन्छन् । आज हामी त्यस्तै एउटा अनौठो घटनाको बारेमा तपाईलाई जानकारी दिनेछौँ ।

विश्वमा एउटा यस्तो गाउँ पनि छ, जहाँका युवतीहरुले केटा नपाउँदा विवाह नै गरेका छैनन् । उनीहरुले केटा नपाएकै कारण कुमारी जीवन बिताईरहेका छन् ।

जीवनसाथी पाउने आशमै उनीहरुको उमेरले बुढेसकालमा टेक्छ । यो कहानी ब्राजिलको एउटा गाउँको हो । यो गाउँमा ६ सय जति महिलाहरुको संख्या छ, जसमा तीन सय भन्दा बढी युवतीहरु अविवाहित छन् ।

उनीहरुले विवाह गर्ने केटा नैपाएका छैनन् । जीवनसाथीको खोजीमा रहेका ती युवतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको छ।

यो गाउँमा विवाह नभएको केटा भेटाउनु भनेको परालमा हराएको सियो खोज्नु जस्तै हो । यस्तो अवस्था भएपछि त्यहाँका कतिपय युवतीहरु विवाह भईसकेका पुरुषहरुसँग विवाह गर्ने र दोश्रो श्रीमती बनेर बस्ने गरेको अन्तर्राष्ट्रिय समाचारमा जनाईएको छ ।

त्यहाँका युवतीहरु केटा पाएमा विवाह गर्न आतुर छन्, तर गाउँभित्र मात्रै । त्यहाँको चलनले विवाह गरेपछि सो गाउँ भन्दा बाहिर जान दिँदैन् ।

गाउँ भन्दा बाहिरको कुनै पनि केटासँग त्यहाँका युवतीले विवाह गर्न चाहँदैनन् । तर विवाह गरिहालेमा पनि केटाले आफ्नो गाउँ छाडेर सोही गाउँमा बस्नु पर्ने हुन्छ ।

पुरुषलाई गाउँमा बस्न दिईदैन्

यहाँको यो गाउँमा विवाहित महिलाहरुले समेत आफ्ना लोग्नेलाई गाउँमा बस्न दिएका छैनन् । उनीहरुलाई हप्ताका ५ दिन कामका लागि गाउँ बाहिर पठाइन्छ भने हप्ताको अन्त्यमा मात्रै मात्र उनीहरु घर फर्किन पाउँदछन् ।

१८ वर्ष उमेर पुगेका केटाहरु पनि गाउँमा बस्न पाउँदैनन् । यो गाउँ सन् १८५१ मा मातृसत्तात्मक गाउँको रुपमा स्थापना भएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?