नेप्सेमा सामान्य गिरावट, नेपाल बैंक र हाइड्रोपावरको उच्च कारोबार

काठमाडौं, २० माघ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा यो साता सामान्य सुधार आएको छ भने कारोबार रकममा केही गिरावट आएको छ साताभरको कारोबारमा सानिमा हाइड्रो र नेपाल बैंकको उच्च कारोबार भएको छ । यस साता नेप्से पहिलो दिनको तुलनामा ५.५७ अंकले बढेर अन्तिम दिन विहीबार १४११.५२ अंकमा उक्लिएको छ यस साता नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीहरुको कारोबार भएको छ । साताभर सेयरबजारमा बजारमा एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरका ३४ लाख ७३ हजार २० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साता भन्दा २१.२८ प्रतिशत कम हो । यो साता सेयरबजारमा चार दिन मात्र कारोबार भयो । जसले गर्दा कारोबार रकममा कमी आएको हो गत साता एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँको कारोबार भएको थियो यो साता कारोबार रकम आठ करोड २५ लाख २० हजार रुपैयाँको आधारमा सानिमामाई हाइड्रो पावरको सबैभन्दा बढी शेयर कारोबार भयो । दुई लाख कित्ता शेयरको आधारमा नेपाल बैंक लिमिटेड शेयर कित्ताको आधारमा सबैभन्दा बढी कारोबार भयो यस साता चार कम्पनीका बोनस शेयर सूचीकृत भएका छन् । काबेली विकास बैंक, सिदार्थ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमइ बैंक र लक्ष्मी बैंकको बोनस शेयर सूचीकृत भएका छन् यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?