काठमाडौं । भनिन्छ भगवानको लिला अपरम्पार छ । भगवानले कुन बेला कस्तो र के सिर्जना गर्छन् कसैलाई थाहा हुँदैन । त्यस्तै एउटा घटना भारतमा पनि भएको छ ।
भारतमा जुम्ल्याहा दाजुभाई, जन्मिदै कम्मरबाट नै जोडिएका थिए । राम र श्याम नाम गरेका ति दाजुभाई आर्थिक अभावसँग अहिले पनि जुधिरहेका छन् ।
४० बर्षदेखि यहि स्वरुपमा जीवन बिताईरहेका उनीहरुलाई हरेक काम गर्न कठिनाई छ तर पनि उनीहरुले आफ्नो जीवनलाई कहिल्यै बोझ मानेनन् ।
भारतको गयामा बस्दै आएका राम र श्याम कम्मरदेखि जोडिएका यि दुई विपरित रहेका छन् । तर पनि यि दुई जब हिड्छन् तब मानिसहरु नै छक्क पर्दछन् ।
यसलाई भगवानको लिला नै भन्नु पर्छ हिड्नका लागि शक्ति भगवानले रामलाई दिएइका छन् भने हिड्नका लागि सपोर्टमात्र गर्दछन श्याम ।
विपरित दिशामा शिर फर्किएकै कारण कठिनाई भोगिरहेका उनीहरुको जीवन जिउने लालसा भने कम छैन । आफनो यस्तो शारिरिक बनावट र कठिनाईले भरिएको जीवनबाट यी दुईलाई कुनै गुनासो छैन त्यसैले लामो समय बाँच्न चाहान्छन् किनकी आफनो सब थोक भएर पनि असन्तुष्ट रहने मानिसहरुको स्वभावको अगाडी आफूहरु कठिन अवस्थामा हुँदा पनि खुसी भएर जीवन सकिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया