काठमाडौं । मानिसहरु बेलाबेलामा बिभिन्न कुरा कानीको क्रममा मुर्छा परेर हाँस्ने गर्दछन् । र हाँस्नु स्वास्थ्यको लागी फाईदा जनक पनि हुन्छ भन्ने चिकित्सकहरुले बताउने गरेका छन् ।
चीनमा एक महिलालाई स्वास्थ्यको लागि तर हाँस्नु फाईदा नभई हानिकारक भएको छ ।
चीनको एक रेलमा यात्रा गरिरेहकी ति महिलालाई हाँसो पनि यसरी लाग्यो कि, उनको दाँत रहने हड्डी नै खुस्कियो । केहि मिनेटसम्म हाँसीरहेकी ति महिलाको मुख नै आँ भैरह्यो ।
उनले धेरै प्रयास गरेपनि मुख बन्द गर्न सकिनन् । त्यस पछि तत्कालै रेलमा रहेका डाक्टरलाई बोलाइयो । धेरै हाँसोका कारण ति महिलाको दाँत रहने हड्डी नै खुस्किएको डाक्टरहरुले बताए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया