काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सेञ्चुरी कमर्सियल बैंकको वार्षिक साधारण सभा रोकिएको छ । बैंकले चैत १४ गतेका लागि ९ औं वार्षिक साधारण सभा घोषणा गरेको थियो ।
कोरोनाको कारण थप जोखिम नहोस भन्नका लागि सरकारले ठुला भिडभाड नगर्न तथा एकै ठाँउमा २५ जना भन्दा बढि भेला नहु्नको लागि निर्देशन दिएको थियो । त्यसै अनुसार साधारण सभा रोकिएको बैंकले जनाएको छ ।
साथै यस वर्ष शेयरधनीलाई २ प्रतिशत बोनस शेयर र ४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया