काठमाडौं । बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोना संक्रमण भएको जुम टिभीले जनाएको छ । कनिका कपुरले केही घन्टा अघिमात्र आफ्नो इन्स्टाग्राममा एक स्ट्याटस हाल्दै आफूलाई कोरोना संक्रमण भएको र अहिले आफू सुरक्षित भएको बताएकी छिन् ।
उनले लेखेकी छिन्, ‘केही हप्तादेखि मलाई रुघाखोकी लागेको थियो र जाँच गराउँदा कोराना देखिएपछि म र मेरो परिवार अहिले सुरक्षित क्वारेनटाइनमा बसेका छौं ।’ कनिका कपुर बलिउडकी चर्चित गायिका हुन् उनले बेबी डल, चिटियाँ कलैया जस्ता सुपरहिट गीत गाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया