काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण हालसम्म १० हजार मानिसको ज्यान गइसकेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले विभिन्न क्षेत्रमा सुरक्षा संयन्त्र अपनाएको छ । यसैक्रममा बैंक तथा वित्तीय संस्थाले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखेका छन् ।
कोरोनाको संक्रमण थप जटिल नहोस भन्नका लागि बैंकर्स संघ, डेपलपमेन्ट बैंकर्स संघ तथा फाइनान्स कम्पनी एशोसिएसनले ग्राहकहरुलाई बैंकमा नआई डिजिटल भुक्तानीमा जोड दिन आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा धेरै मानिसहरुको भिडभाड बढि हुने गर्दछ । कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने देखिएकोले सम्भब भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्नुहुन सबैमा अनुरोध गरेको हो ।
संघका अनुसार शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेटरमोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवार, कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलिने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया