बिहीबार अर्थात १ फेब्रअरीमा कुनै विवाद वा तनाव बिना नै फ्रान्सले आफ्नो ३ हजार वर्गमिटर (लगभग ३२ सय वर्गफिट) जमिन स्पेनलाई हस्तान्तरण गरेको छ । अबको ६ महिनापछि फेरि यो जमिन स्पेनले फ्रान्सलाई फिर्ता गर्नेछ । यो टापुको भ्रमण गरेका क्रिस बोकम्यानले द्वीप हस्तान्तरण गर्ने यो परम्परा पछिल्लो ३५० वर्षदेखि जारी रहेहको बताए हेन्डेईको फ्रान्सेली बास्क बिच रिसोर्ट स्पेनको सीमामा रहेको अन्तिम सहर हो । यसको घुमावदार किनारको खाडीमा सयौं सीलहरु बसेजस्तो सुन्दर देखिन्छ भने अझ ध्यानपूर्वक हेर्दा समुद्री लहरमा तैरिएको जस्तो देखिन्छ । यहाँ एउटा ठूलो बाँध पछि स्पेनको ऐतिहासिक सहर होन्डारिबिया र इरुन छन् । यहाँ बिदासो नदीले स्पेन र फ्रान्सलाई अगल गर्ने गर्दछ जसरी यसको मुहानतर्फ गइन्छ, तब दृश्य बदलिदै जान्छ । यो फेसन्स द्वीपलाई खोज्न मुस्किल छ, किनकी जब म यसबारेमा कसैलाई सोध्छु, उसले मनाई नै किन त्याहाँ जान खोजेको हो भनेर सोध्छ उसले मलाई त्यहाँ केही पनि नभएको र त्यहाँ जान नसक्ने तथा यो पर्यटकीय क्षेत्र समेत नभएको चेतावनी दिन्छ । तर यो नदीको किनारै किनार रुख र घाँसले भनिएको उक दुर्गम शान्त द्वीप छ । साथै सन् १६५९ मा यहाँ भएको एक महत्वपूर्ण ऐतिहासिक घटनाको प्रतिकस्वरुप पुरानो स्मारक पनि छ एक लामो युद्धपछि करिब तीन महिनासम्म स्पेन र फ्रान्सले यो द्विपलाई लिएर आपसमा वार्ता गरे । किनकी यसलाई तटस्थ क्षेत्र मानिथ्यो दुवैले काठको पुल बनाएका थिए भने दुवै देशका सेना तैनाथ गरिएका थिए । यो वार्ताका क्रममा शान्ति सम्झौतामा हस्ताक्षर गरियो, जसलाई ‘पाइनीसको सन्धी’ भनिन्छ । जसमा यो क्षेत्रलाई साटफेर गरियो र सीमा निर्धारण गरियो यो सन्धी शाही विवाहका साथ भयो, जसमा फ्रान्सका राजा लुई चौधौंले स्पेनका राजा फिलिप चौथोकी छोरीसँग विवाह गरे । यो द्विप ६ महिनाका लागि एक अर्कालाई हस्तान्तरण गरिन्छ । १ फेब्रुअरी देखि ३१ जुलाईसम्म यो स्पेनमा रहन्छ भने अगस्ट १ पछिका ६ महिना फ्रान्ससँग हुन्छ । सम्मिलित शासन भनिने यो परम्पपरा फेसन्स द्वीपमा धेरैं पुरानो परम्परा हो स्पेनको सन सेबेस्टियनका नौ सेनाका कमाण्डर र उनका फ्रान्सेली समकक्षी यो द्विपको गभर्नरका रुपमा काम गर्ने गर्छन् । यसकारण नै इरुन र हेन्डेईमाथि यसको हेरविचारको जिम्मा छ । यो नदीमा पानी घटेका समयमा पैदल नै हिँडेर स्पेन पुग्न सकिन्छ यो केबल २ सय मिटर लामो र ४० मिटर चौडाई भएको सानो द्विप हो । यहाँको ऐतिहासिक विरासत कमै मान्छेले मात्रै हेर्ने अवसर पाउछन्, तर यहाँ बस्ने बेनोइट उगार्तेमेन्दिया यसमा केबल वृद्ध मानिसहरुलाई रुची हुने र युवाहरुमा यसको ऐतिहासिक महत्वबारे केही जानकारी नरहेको बताउँछन् भारी ट्राफिकलाई छाडेर फ्रान्सबाट स्पेनको सहज यात्राको अनुभव पनि यसले दिन्छ, तर फ्रेङ्कोको तानाशाही शासनका क्रममा यो सीमा धेरै कडाई गरिएको थियो । हेन्डेईका मेयर कोटे इसेनारोले सो नदीको किनाराको हरेक सय मिटरको दुरीमा अन्य क्षेत्रबाट आउनेलाई रोक्नका लागि चौकीदार राखिएको थियो हाल पानी र माछा मार्ने अधिकारका विषयमा इरुन र हेन्देईका अधिकारीबीच पटक–पटक वार्ता हुने गर्दछ । यो द्वीपको किनारा अहिले कट्दै गइरहेको छ । पछिल्लो केही शताब्दीमा यो घटेर आधा भएको छ तर दुवै देश यसलाई बचाउनमा पैसा खर्च गर्न चाँहदैनन् । हाल स्पेनले लिएको यो टापु ६ महिनापछि अर्थात १ अगस्टमा पुनः फ्रान्सलाई हस्तान्तरण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया