जुनसुकै बैंकका एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने (विज्ञप्तीसहित)

काठमाडौं । विश्वभर यतिबेला कोरोना भाइरस महामारीको रुपमा फैलिएको छ । जसबाट थप जोखिम नहोस भन्नका लागि सरकारले भिडभाड कम गर्न निर्देशन दिएको छ ।

यसैक्रममा बैंक तथा वित्तीय संस्थाले भिडभाड कम गर्नका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहन दिएको छ । साथै अब जुनसुकै बैंकको एटिएम मार्फत पैसा झिक्दा थप शुल्क नलाग्ने भएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल तथा नेपाल वित्तीय संस्था संघले एक विज्ञप्ती जारी गर्दै त्यस्तो जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, “कुनैपनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन्” । त्यस्तै नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस सेवामा कुनैपनि शुल्क नलाग्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?