काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकार र नेपाली जनताको पक्षमा आफूलाई कटिवद्ध गर्ने जनाएको छ । सिएनआईका अध्यक्ष सतिस कुमार मौरले कोरोनाको कारण नेपालमा देखिएको विषम परिस्थिती नियन्त्रण गर्नका आफ्नो कर्पाेरेट उत्तरदायित्व पुरा गर्नका लागि दत्तचित्त भएर लागेको लोकपथलाई जानकारी गराएका हुन् ।
त्यस्तै उनका अनुसार सि एन आईले चीनबाट स्वास्थ्य सम्बन्धि अत्यावस्यक डाइग्नेसिक्ट किट तथा पिपिई पर्सनल प्रोटेक्सन इक्वीप्मेन्ट (पीपीई) आयातको अर्डर समेत गरिएको छ अन्य अवस्था सामान्य रहोमा उक्त मेसिन मार्च २४ तारिखसम्म आइसक्ने तथा सबै सामान नेपाल सरकारलाई हस्तान्तरण गरिने अध्यक्ष मौरले बताए ।
कोरोनाको कारण विश्व नै आक्रान्त भइरहेको यस्तो अवस्थामा सरकारले वर्तमान परिस्थितीको मूल्यांकन गर्दै आवस्यक्ता अनुसार उद्यमी व्यवसायीलाई राहत प्रदान गर्नमा सिएन आई विस्वस्त रहेको मौरले बताए । त्यस्तै व्याज, अग्रिम कर लगायतका प्राविधिक समस्याहल गरी सबैसँग सरकारलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायत ठुला व्यवसायीक संगठनसँग पनि सहकार्य जारी राखेको अध्यक्ष मौरले दावी गरेका छन् ।
यतिबेला विश्व समुदाय नै कोरोना संक्रमणको मारमा परेको छ । सरकारलाई ठुला व्यवसायीक संघ संस्थाले यस्तो अवस्थामा सघाउनु पर्दछ । यसलाई मध्यनजर गर्दै सरकारले देश र जनताको हितमा कदम चाल्ने र त्यसलाई सम्पूर्ण रुपमा सिएनआईले साथ तथा सहयोग दिने प्रतिवद्धता अध्यक्ष मौरले लोकपथसँग बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया