कोरोना नियन्त्रणका लागि जर्मनीले नेपाललाई १ मिलियन युरो उपलब्ध गराउने

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि जर्मनीले नेपाललाई १ मिलियन युरो सहयोग रकम उपलब्ध गराउने भएको छ ।

नेपालस्थित जर्मन दूतावासले कोरोना भाइरस (कोभिड(१९) को आपतकालिन अवस्था नियन्त्रण तथा रोकथामको लागि उक्त रकम उपलब्ध गराउँन गराउन लागेको जनाएको छ ।

दूतावासले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सहयोग उपलब्ध गराउने जनाएको हो ।

त्यतिमात्र नभएर जर्मनीले आएको अन्य स्वास्थ्य कार्यक्रमसँगसँगै सो सहयोग पनि उपलब्ध गराउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?