एजेन्सी । संयुक्त राष्ट्रसंघले हालै सुरक्षा परिषदमा बुझाएको एउटा प्रतिवेदनमा उत्तर कोरियाले अत्यन्त घातक रासायनिक हतियार बनाउन सिरियालाई साथ दिएको उल्लेख गर्नुका साथै म्यान्मारलाई समेत हतियार उपलब्ध गराएको दाबी गरेको छ संयुक्त राष्ट्रसंघको विशेषज्ञहरु सम्मिलित टोलीले तयार पारेको प्रतिवेदनले उत्तर कोरियाली सरकार र सेनाले म्यान्मारलाई ब्यालेस्टिक मिसाईल तथा सिरियालाई रसायनिक हतियार उपलब्ध गराएको दाबी गरेको हो प्रतिवेदन तयार गर्ने विशेषज्ञहरुको टोलीले आफूसँग प्रमाण पनि रहेको भन्दै सो दाबी गरेका हुन् तर संयुक्त राष्ट्रसंघमा रहेका म्यान्मारका राजदूतले भने आफ्नो मुलुकको उत्तर कोरियासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् उक्त प्रतिवेदन अनुसार उत्तर कोरियाले प्रतिवन्धित अधिकांश बस्तुहरु निर्यात गरेर पछिल्लो वर्ष मात्रै करिब २०० मिलियन डलर आर्जन गरेको उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ– ‘प्योङयाङले यो रकम अन्तर्राष्ट्रिय व्यापारिक प्रतिबन्धलाई लत्याउँदै आर्जन गरेको हो ।’अमेरिका नेतृत्वको नेटोमा आवद्ध विभिन्न मुलुकहरु तथा युरोपियन मुलुकहरुले उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाईल परिक्षण गरेको भन्दै लामो समयदेखि विभिन्न व्यापरिक प्रतिवन्ध लगाउँदै आई रहेका छन् प्रतिवेदन सुरक्षा परिषदमा बुझाउँदै उक्त विज्ञहरुको टोलीले उत्तरकोरियाले जनवरीदेखि सितम्बरसम्म झन्डै सबै प्रतिबन्धित सामानहरुको निर्यात गरेको दाबी गरे पनि ती के–के थिए र प्रमाणहरु के–कस्ता रहेका छन् भनेर खुलाएको छैन प्रतिवेदनमा यस विषयमा कयौँ बहुर्राष्ट्रिय तेल कम्पनीहरुको विषयमा जाँच चलिहरेको बताएको र ती कम्पनीहरुले उत्तर कोरियाको पेट्रोलियम उत्पादनमा सहयोग गरेको आरोप छ । हालसम्म संयुक्त राष्ट्रसंघको उक्त रिपोर्टमा ती कुन–कुन कम्पनीहरु हुन भन्ने बारे एक शब्द पनि लेखिएको छैन पछिल्लो बर्ष अप्रीलमा सिरियामा विद्रोहीहरुको कब्जामा रहेको इदलिब शहरमा भएको संधिग्ध रासायनिक हमलामा ११ बालबालिका समेत ५८ जनाको मृत्यु हुनाका साथै दर्जनौँ मान्छे घाईते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया