काठमाडौं । सरकारले आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएपछि नागरिकमा अन्योल देखिएको छ ।
सरकारको निर्णयपछि चैत १० पछि घर फर्किन पाइने कि नपाइने भन्नेमा अन्योल भएको हो । खासगरी कति किलोमिटर सम्मको दूरीलाई लामो भन्ने र कतिसम्मको लागि छोटो र मध्यम भन्ने भन्नेमा अन्योल देखिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै लामो दूरीका सबै यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थिए । कोरोनाको जोखिम न्यूनीकरणका लागि प्रमले यस्तो घोषणा गरेका हुन् ।
यातायात व्यवस्था विभागले २२५ किलोमिटरसम्म छोटो दूरी, २५० किलोमिटरसम्मको मध्यम र २५० भन्दा माथिलाई लामो दूरी गरी विभाजन गरेको छ ।
सोहीअनुसार लामो दूरीमा बस नचलेपछि छोटो र मध्यम दूरीमा निर्वाध सवारी चल्नेछन् ।
यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले लामो दूरीका बाहेक उपत्यकासहित उपत्यकाबाहिर चल्ने छोटो र लामो दूरीका सवारीसाधन निर्वाध सञ्चालनमा आउने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया