काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्य सेवा बन्द भएपनि बैंकिङ्ग सेवा बन्द नहुने भएको छ । शुक्रवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै भनेका छन्, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ ।
यता नेपाल राजपत्रमा १५ नम्बरमा बैंकिङ सेवा र १६ नम्बरमा बीमा सेवालाई अत्यावश्यक सेवामा राखिएको छ । बैंकिङ क्षेत्र अत्यावश्यक सेवामा परेका कारण बन्द नहुने भएको छ ।
त्यस्तै राजपत्रमा बैकिङ सेवा भएकोले बैंकिङ्ग कारोवार बन्द नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया