रौतहट । नेत्रविक्रम चन्द ९विप्लव० समूहका रौतहट जिल्ला इन्चार्जसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उनीहरुलाई शुक्रबार राति चन्द्रपुर नगरपालिका अल्लाजोरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्द्रपुर–५ थलहीटोल घर भएका रौतहट जिल्ला इन्चार्ज कुमार भनिने मानबहादुर राई र जिल्ला सदस्य बागलुङ ढोरपाटन नगरपालिका–२ बुर्तिवाङका जगत भनिने कमल गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट ग्रिनेड बम, एक थान पेस्तोल, गोली, मोबाइल ७ थान, केही सिमकार्ड, पार्टीको दस्तावेजहरु बरामद गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया