काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि खडा भएको सार्कस्तरीय कोषमा १० करोड नेपाली रुपैयाँ योगदान गर्ने घोषणाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलेर प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री मोदीले शुक्रबार राती एक ट्विट् गर्दै प्रधानमन्त्री ओलीको सो घोषणालाई प्रशंसा गरेका हुन् । प्रधानमन्त्री अोलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड १९ अपतकालिन कोषमा १० करोड रुपैयाँ राख्ने घोषणा गरेका थिए ।
उनले सो घोषणा गरेपछि सर्का राष्ट्रका अरु प्रमुख तथा प्रतिनिधिहरुले कोषमा रकम जम्मा गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतविवद्धता अनुसार प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया