बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएपछि…

काठमाडौँ, २० माघ- विद्यार्थीहरुलाई बलेको मैनबत्तीको माथि हात राख्न लगाएर दण्ड दिने एक भारतीय शिक्षिकाका विरूद्ध प्रहरीले उजुरी दर्ता गरेको छ । भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बुधवार १३ जना विद्यार्थीहरुलाई बलेको मैनबत्तीको माथि हात राख्न लगाएर दण्ड दिइएको थियो |सुशान्ती हेमब्रोम नाम गरेकी ती शिक्षिकाले विद्यार्थीमध्ये कसले कक्षाको अर्को सहपाठीबाट पैसा चोरेको थियो भनेर पत्ता लगाउने त्यसो गरेकी थिइन्। त्यसको भोलिपल्टै विद्यार्थीका अभिभावकले गुनासो गरेपछि उनलाई निलम्बन गरिएको थियोती शिक्षिकाले दोषी विद्यार्थीले डरले आफ्नो गल्ती स्वीकार गर्लान भनेर त्यसरी दण्ड दिएकी थिइन्। तर सबै विद्यार्थीहरुले शिक्षिकाले भनेजस्तै गरे र जलिरहेको मैनबत्तीमाथि आफ्ना हात राखेउनीहरुमध्ये केहिले तत्कालै आफ्नो हात हटाएको भएपनि ७ जनाको हात जलेर घाउ लागेको छकम्तीमा एक जना विद्यार्थी, जसलाई दबाब दिएर हेमब्रोमले मैनबत्तीमाथि हात राख्न लगाइरहिन्, उसलाई नराम्रोसँग पोलेपछि अस्पतालमा भर्ना गर्नु परेको थियो। ती विद्यार्थी बिहीवार अस्पतालबाट फिर्ता भएको जनाइएको छप्रहरीले ती शिक्षिकाले आफ्नो गल्ती स्वीकार गरेको जनाएको छ। भारतका विद्यालयहरुमा विद्यार्थीहरुलाई कडा शारीरिक दण्ड दिन प्रतिबन्ध लगाइएको छ। तर विद्यार्थीहरुलाई त्यस्ता दण्ड दिने घटना त्यहाँका लागि नौला नभएको बीबीसीले जनाएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?