काठमाडौं । महामारीको रुपमा फैलिएको कोभिड–१९ नाम दिइएको कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर ३ लाख नजिक पुगेको छ ।
शनिबार मध्यरातसम्म यो भाइरसबाट २ लाख ९० हजार ८१९ जना संक्रमति भइसकेको विश्वस्वास्थ्य संगठनले जनाएको छ । यस्तै ११ हजार ९८० जनाको मृत्यु हुँदा ९३ हजार ६४१ जना भने निको भइसकेका छन् ।
विश्वलाई नै आतंकित बनाएको यो भाइरसबाट सबैभन्दा बढी इटाली, त्यसपछि चीन तथा इरान र स्पेनमा धेरैले ज्यान गुमाएका छन् ।
१८६ देशमा फैलिएको यो भाइरसको संक्रमण नेपालमा सुरुमा एक जनामा देखिएको भएपनि अहिले कसैमा संक्रमण देखिएको छैन ।
तर जोखिमलाई ध्यान दिँदै नेपाल सरकारले आइतबार देखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ। यस्तै शैक्षिक संस्था, क्लबलगायत बन्द भइसकेका छन् । यस्तै अन्तराष्ट्रिय उडान पनि भोलिदेखि बन्द रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया