सोमबारदेखि सबैखाले यात्रुवाहक साधन उपत्यकाबाट बाहिरिन र भित्रिन रोक

सरकारले सोमबार (१० चैत)देखि सबैखाले यात्रुवाहक साधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाउँदै छ ।

यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । काठमाडौंबाहेकका सहर (ठाउँ)को हकमा पनि यही नियम कार्यान्वयन हुँदै छ । नयाँ पत्रिकामा खबर छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको संयोजकत्वमा शनिबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी ओलीको सम्बोधनमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?