काठमाडौं । वि.सं. २०७६ चैत्र ०९ गते । आईतवार । इ.स.२०२० मार्च २२ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण। वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।
चैत्र कृष्णपक्ष । तिथी– त्रयोदशी,१० बजेर २७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– शतभिषा,२२ बजेर ३९ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– साध्य,१३ बजेर ३६ मिनेट उप्रान्त शुभ ।
करण– वणिज,१० बजेर २७ मिनेट उप्रान्त भद्रा,२३ बजेर १८ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा राक्षस योग । चन्द्रराशि–कुम्भ ।
काठमाडौंमा सूर्योदय ६ बजेर ०८ मिनेटमा, सूर्यास्त १८ बजेर १५ मिनेटमा । दिनमान ३० घडी १५ पला । पिशाच चतुर्दशी ( पाशाचह्रे पूजा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
छोटो तथा लामो दुरिको यात्राको योग रहेको छ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् ।
दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थाी वर्गका लागि आजको दिन फलदायी रहनेछ । तरपनि बाहिरी वातावरणको ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा खाद्यान्नसँग सम्बन्धित बस्तुको व्यापारमा वृद्धि हुनेछ ।
पढाईमा मन जानेछ भने यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ । तरपनि सामान्य स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैलि व्यस्त रहेपनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला । पढाई लेखाईमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ ।
माया प्रेममा धोका तथा अविश्वास बढ्नेछ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हाबी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
संकट व्यवस्थापनमा चालिएका कदमहरु निरर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीहरुले पनि सहयोग गर्ने छैनन् ।
अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लागनी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खानेकुराको व्यापार फस्टाएर जाने तथा अन्य सामानको व्यापारमा कमी आउनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेको छ ।
माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
विद्या तथा प्रतिस्पर्द्धामा प्रतिस्प्र्द्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ ।
पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यापार व्यवसायमा मन्दि आउनेछ । बैंक तथा बित्तिय क्षेत्रमा काम पाउँने तथा बढुवा हुने योग रहेको छ ।
पढाई लेखाईमा मन जानेछ भने यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरुका लागि समय उत्तम रहेकोछ भने भौतीक सम्पती तथा विलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यवसायमा मन्दी आए पनि खाद्यान्नको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । सरसफाईमा बिशेष ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला र सरसफाईमा बिशेष ध्यान दिनुहोला ।
लेखन कला तथा साहित्यमा बाँकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुला लागि समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घरायसि कुरामा आफन्त तथा कुटुम्वसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मनग्गे समय दिएपनि थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ ।
पढाई लेखाईमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ ।
पुराना कमी कमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । तरपनि स्वास्थ्यको ख्याल गर्दै सरसफाईमा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ ।
सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तर पनि लामो दुरिको विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया