शारीरिक व्यायाम गर्दा यी युवतीको शरीरबाट पसिनाको साटो रगत बग्दछ !

काठमाडौं । मनिसहरुले शरीरलाई स्वास्थ्य राख्नको लागि शारीरिक व्यायाम गर्ने गर्दछन् । दैनिक शारीरिक व्यायाम गर्दा मानीसहरु स्फुर्त, स्वास्थ्य र ताजगी भएको अनुभव गर्छन । शारीरिक व्यायामका कारण उनीहरुको शरीरमा पसिना समेत बग्ने गर्दछन् ।

मानिसले शारीरिक व्यायाम गर्दा बिभिन्न किसीमका तरिकाहरु अपनाएका हुन्छन् । जस्ले गर्दा मानिसको शरीरबाट पसिना खलखल बग्ने गर्दछ । तर आज हामी तपाईहरुलाई यस्तो कुराको बारेमा जनाकारी दिइराखेका छौँ जसको शरीरबाट शारीरिक व्यायाम गर्दा पसिना नभएर रगत बग्ने गर्दछ ।

इटालीकी २१ वर्षीया ति युवती यस प्रकारको अनौठो समस्या बाट ग्रसित छिन् । अहिले सम्म यो समस्यालाई डाक्टरहरुले समेत समाधान गर्न नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

व्यायाम मात्र नभई कुनै पनि शारीरिक मिहिनेत गर्दा ति युवतीको जिउबाट रगत निस्किन्छ । ब्लड स्वेटिङ अर्थात् रक्त पसिना बग्ने समस्या भएकी ति युवतीको टाउकोदेखि हत्केला सम्मका भागबाट रगत निस्कने गर्दछ।

ब्लड स्वेटिङ रोग भएका मानिसलाई शारीरिक मिहेनत गर्दा पसिनाको सट्टा रगत आउने डाक्टरहरुको भनाई छ । पछिल्लो समय युवतीको उपचार चलिरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?