काठमाडौं । संसारमा मानिसहरुले जागिर खाने अफिसमा बिभिन्न नियमहरु अपनाउनु पर्ने हुन्छ। कर्मचारीहरुले त्यहाँ काम गरुन्जेल सम्म सो नियमको पालना गर्नु पर्ने हुन्छ ।
त्यस्तै नियमको शिकार चीनमा एक युवा भएका छन् । जो अत्यन्तै अनौठो तरिकाले टार्गेट पूरा नगरेको भन्दै निकै कठोर र घिनलाग्दो सजाय दिइएको छ । जुन भिडियो एकदमै भाइरल बनेको पनि छ ।
चीनमा एक कम्पनीले सेल्स कर्मचारीमाथि गरेको व्यवहार तथा उनलाई दिइएको सजायको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । भाईरल भिडियोमा केहि कर्मचारीहरुलाई जिउदो माछा निल्न आदेश दिइन्छ ।
ति कर्मचारीहरु हातमा माछा लिएर निल्न खोज्छन्, तर उनीहरु माछा निल्न सक्दैनन् । केहिले त माछा निल्न खोज्दा वाकवाकी समेत गरेका छन् ।
‘द बेइजिङ न्यूज’ को रिपोर्ट अनुसार सपिङ मलमा कार्यरत कर्मचारी हार्डवेयर तथा निर्माण सामग्रीको विक्री विभागका कर्मचारी थिए । सो मलमा कार्यरत कर्मचारीलाई आफ्नो टार्गेट पूरा नगरे कुखुराको खुन पिउन दबाब दिइन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया