काठमाडौं – विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । भाइरस फैलिएसँगै हामीलाई सामान छुन पनि डराइमर्नु भएको छ । संसारभर मानिसले नयाँ अभ्यास सुरू गरेका छन् । यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाइ उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने आदि छन्।
विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १३ हजार ६८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख ८२ हजार ५७ जनालाई संक्रमण भएको छ । ९५ हजार ८२८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८८ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म४ हजार ८२५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २६१ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा १५ सय ५६ जनाको मृत्यु भएको छ । अमेरिकामा ३४८ र स्पेनमा १३ हजार ८१ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसले खेलस्थल र सडकहरूमा भाइरस मार्ने औषधि छर्किरहेको देख्न सकिन्छ।
कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ।
श्वासप्रश्वाससम्बन्धी अन्य रोगमा जस्तै कोभिड-१९ पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्न सक्छ। मानिसले एकपटक खोक्दा लगभग ३,००० थोपा निस्कन्छ।
यी थोपाहरू अन्य मानिस वा लुगा वा वरपरका सतहरूमा अड्कन सक्छन् र केही साना थोपा हावामै रहन पनि सक्छन्।
मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ।
अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ट प्रीभेन्सन सीडीसीले ‘भाइरस सर्ने प्रमुख माध्यम भाइरस भएको सतह हातले छुने र त्यसपछि त्यो हातले अनुहार छुने कार्य नभएको’ बताएको छ।
सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात धोइरहनु र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड१९ बाट बच्नका लागि आवश्यक भएको बताएका छन्।
तर कोभिड १९ लगाउने SARS-CoV-2 भाइरस मानव शरीर बाहिर कति बाँच्न सक्छ भन्ने कुरा स्पस्ट भएको छैन ।
अन्य कोरोनाभाइरस माथि गरिएको अध्ययनहरूले ती भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने देखाएको छ। जाडो स्थानमा कुनै भाइरसहरू २८ दिनसम्म रहन सक्छन्।
हावामा ३ घन्टा, कागजमा २४ घन्टा र प्लास्टिक स्टिलमा २-३ दिन बाँच्ने
यूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा SARS-CoV-2 कति बाँच्न सक्छ भन्ने अध्ययन गरेको छ।
न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित उनीहरूको अध्ययनको निष्कर्षमा वायुमा ती भाइरस खोकीका थोपामा तीन घण्टासम्म जीवित रहने देखिएको छ।
तर सो अध्ययनले SARS-CoV-2 भाइरस कागतमा २४ घण्टासम्म एवम् प्लास्टिक र स्टीलको सतहमा २ ३ दिनसम्म जीवित रहने देखाएको छ।
यसको अर्थ यो भाइरस ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटर कीबोर्डहरूमा लामो समय जीवित रहन सक्छ।
तामामा ४ घन्टासम्ममात्र बाँच्ने
अध्ययनकर्ताका अनुसार तामाको सतहमा भने ती भाइरस ४ घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ।
तर सजिलै उपलब्ध हुने डीस्इन्फेकटरहरूबाट यसलाई छिटै मार्न सकिन्छ। यसका लागि ६२.७१ प्रतिशत अल्कोहल वा ०.५ प्रतिशत हाइड्रोजन प्रेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई उत्पादन प्रयोग गर्न सकिन्छ।
बढी तापक्रम भएको स्थानमा कोरोनाभाइरस धेरै बाँच्न नसक्न बताइएको छ।
कोरोनाभाइरसको सम्बन्धमा प्रत्येक खोकीको थोपामा कतिवटा भाइरस हुन्छ भन्ने अध्ययन नभए पनि रुघाखोकीको भाइरस भने प्रत्येक थोपामा दशौँ हजारको सङ्ख्यामा हुन्छ।
लुगामा कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन।बीबीसी नेपालीबाट
यति भयानक विश्वब्यापी महामारी र त्यसको सन्त्रासबारे बुढाबुढी नै भन्छन्, यति ठूलो कोलाहल आजसम्म सुनिएको थिएन । संकटको कारक कतै देखिँदैन, तर सारा पृथ्वीवासीलाई ज्ञात छ यसले नरसंहारद्वारा आफ्नो अस्तित्व देखाईरहेको छ । विश्वका अन्य जनताजस्तै नेपालीहरू संघारमै आएको कोरोना महामारीको सन्त्रासबाट औडाहाग्रस्त छन् । भोली महामारी फैलियो भने झन् कुन परिस्थिति आउला १ प्रतिव्यक्ति आयमा नेपालभन्दा ३४ गुणा धनी ईटलीजस्तो युरोपको विकसित मुलुकमा आज यो महामारी काबुभन्दा बाहिर गएर भगवान भरोसामा पुगेको छ भने भोली नेपालमा फैलिनसक्ने कोरोनाले कसलाई बाँकी राख्ला रु रोग र महामारीले ठूलोठालु, मन्त्री वा नेता, ज्ञानीगुनी वा मूर्ख भन्दैन ।
संकट र खतरा सबैका निम्ति समान रुपमा आईलागेको यस्तो बेलामा सरकारको व्यवस्थापन, संयोजन र कार्यसम्पादनको त परीक्षा हो नै । पचास हजारभन्दा बढीको संख्यामा रहेका राष्ट्रिय(अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आई एन्जीओ) हरू, शिक्षण संस्थाहरू र अन्य कल्याणकारी संस्थाहरूले पनि उचित भूमिका देखाउने परीक्षाको बेला हो ।
यीमध्ये नौसयभन्दा बढी (करिब एकहजार) गैरसरकारी संस्थाहरू स्वास्थ्यको क्षेत्रमा काम गर्ने गरी दर्ता भएका छन् । जीवन–मरणको यस्तो घडीमा ती गैरसरकारी संस्थाहरूको आवश्यकता र औचित्य देखिनुपर्ने हो ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने भनी दर्ता भएका यी गैरसरकारी संस्थाहरू कुन हालतमा छन्, के गर्दैछन् वा चलेका छन् कि छैनन्, सरकारले यसबारे विस्तृत जानकारी लिएर तिनको अनिवार्य परिचालनका लागि कदम चलाउनुपर्छ । अन्तर्राष्ट्रिय स्तरको संकटबाट ग्रसित देशले उनीहरूको योगदान र भूमिका पाउँदैन भने अघि–पछिको परिस्थितिमा यिनीहरूको आवश्यकता र औचित्य नै के रहने हो ?
व्यवसायी र गैरसरकारी संस्थाको भूमिका
नेपालमा वस्तु उत्पादक उद्योगहरू करीब आठ हजारको संख्यामा चालु अवस्थामा छन्, २० हजारभन्दा बढी अस्पताल, होटेल, पर्यटन व्यवसायलगायतका सेबा उद्योगहरू सञ्चालित छन् । व्यक्तिको अधीनमा चलिरहेका अन्य तीसौँ हजारको संख्यामा ब्यापार–व्यवसाय सञ्चालित छन् । अब यी सबै संस्थापनाहरूको एकीकृत समाधानमूलक भूमिका यो महासंकटले खोजेको छ । नेपालजस्तो गरीब मुलुकमा सरकारमात्र होइन, निजी क्षेत्रका यस्ता सबै संस्थाहरू आ–आफ्नो भूमिका देखाउन अग्रसर हुनुपर्छ ।
कतिपय उद्योगी–ब्यापारीहरूले सरकारबाट सहुलियत र राहतको घोषणा माग गरेको समाचार आयो । असीमित आवश्यकता र त्योभन्दा ब्यापक आकांक्षाकाबीच सीमित साधन सबैतिर पु¥याउनु पर्ने सरकारले कसका आवश्यकतालाई प्राथमिकता दिनुपर्ने हो रु सरकारको क्षमताले माग पूरा गर्न सक्दैन, आवश्यकता पनि प्राथमिकताका आधारमा पूरा गर्नुपर्ने हुन्छ भने अहिलेको प्राथमिकता–१ मा भएको आवश्यकता के हो भन्ने सवालको जवाफ जगजाहेर छ ।
यो बेलामा पनि जम्मै काम छोडी उद्योगी र ब्यापारीलाई राहत र सहुलियत पुर्र्याउन पुग्ने कुन सरकार पागल होला १ त्यसैले उद्योगी–व्यापारीहरूले सरकारलाई राहत र सहुलियतका लागि दङ्ग्याउने जनविरोधी क्रियाकलाप र आवाज बन्द गरुन् । चिनी उद्योगीहरूले उखू किसानलाई ५ वर्षदेखिको रकम चुक्त्ता अझै गरिसकेका छैनन् ।
धेरैजसो उद्योगी–व्यापारीहरूले सरकार वा सरकारी निकायलाई बुझाउनुपर्ने कर वा अन्य महसुल बुझाएका छैनन् । संकटको यस्तो अवस्थामा उनीहरूले सरकारको कर तथा महसुल र जनतालाई बुझाउनुपर्ने ऋण चुक्ता गरिदिए पनि संकटमा साथ दिएको अर्थमा बुझ्न सकिन्छ ।
सरकार जनता ऐक्यबद्धता
अहिले व्यवसायको चिन्ता होइन, जनस्वास्थ्य र जनजीवनको चिन्ता र निर्णय गर्ने बेला हो । संकट भनेको अधिकारको होइन कर्तब्यको खोजी गर्ने बेला हो । सरकारले मात्र होइन सबैले आ–आफ्ना स्थानबाट मुलुकलाई संकटमुक्त बनाउनु आजको अनिवार्यता हो । संकटको बेलामा समाधानको पहिलो र अनिवार्य प्राथमिकता एवं कर्तब्य नै सरकारले नागरिकहरूको ज्यान–धनको सुरक्षा एवं जनस्वास्थ्यको संरक्षण गर्ने दायित्व हो । वर्तमान संकटको समाधान गर्ने राष्ट्रको सर्बोच्च आधिकारिक संस्था प्रधानमन्त्री के।पी। शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद नै हो । कार्यकारी गतिविधिको दृष्टिले अन्य सबै अधिकारी र संस्था प्रधानमन्त्री र उनको क्याबिनेट पछिका हुन् । संकटकालीन परिस्थितिमा जनताको जीवन र भविष्य सुरक्षित राख्ने कर्तब्य र उत्तरदायित्व नै सरकार हुनुको औचित्य हो ।
अहिले कुन पार्टीको वा कुन सिद्धान्तको वा कस्तो रंगको सरकार छ भन्ने सवालको कुनै अर्थ र महत्व छैन । संकट निवारण र जनताको सर्वोत्तम भलाईका लागि सरकारले के ग¥यो वा गर्दैछ, यो नै अहिलेको नागरिक सरोकार हो । त्यसकारण सरकारको विरोध, ऊ प्रतिको पूर्वाग्रह र असहयोग जनताबिरूद्धको षड्यन्त्रको अर्थमा बुझ्नुपर्छ । त्यसैले वर्तमान परिस्थितिमा सरकारको विरोध र असहयोग गरेर सामुन्ने पहाडजस्तो भएर उभिएको संकट तह लगाउन सकिन्न । त्यसैले सरकारको विरोध अहिलेको जनमुखी कार्य होइन । सरकारको विरोध गर्ने, फाल्ने वा माईनस गर्ने अवसर त संकट मुक्त भएको सामान्य अवस्थामा हो । यो बेला सरकारले निर्विरोध काम गर्न पाउनुपर्छ ।
कोरोना भाईरसको महामारी लरतरो छैन । चीनजस्तो मुलुकलाई यसले हायलकायल बनायो । ईटलीलाई आज आच्छुआच्छु परिरहेको छ । इटलीमा यसैबाट मानिसको मृत्यु भएको संख्याले चीनलाई उछिनिसकेको तथ्याङ्कले संकटको गाम्भीर्य आँक्न सकिन्छ । त्यस्तै हालत फ्रान्स, स्पेन र ईरान पनि भोगिरहेका छन् । अमेरिकाजस्तो महाशक्ति राष्ट्रलाई यसले तवाह मच्चाउन थालेको छ भने बुझौँ यो महामारी नेपालमा पस्यो भने के हालत होला १ महामारीले कसैलाई माया गर्दैन ।
नेपालले अब गर्ने ?
आर्थिक गतिविधि शिथिल होलान्, होउन् । जनताको ज्यान रहे आर्थिक गतिविधि फेरि सुचारु गर्न सकिन्छ । विकास गतिविधि रोकिएला, रोकियोस् । जनताको जीवन र स्वास्थ्य रहे नै विकासका गतिविधि हुनुपर्ने हो । त्यसैले सर्बप्रथम जतिसुकै खर्च लागे पनि सरकारले कोरोना भाईरसको महामारीबाट जनतालाई पूर्ण मुक्त गर्ने सम्पूर्ण कदम, बजेट, अर्धसरकारी साधन वा शक्ति, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नुपर्छ ।
जनतालाई सशक्तीकरण गर्नको लागि जतिसुकै खर्च लागे पनि सरकार ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले ध्यान दिनुपर्ने बिभिन्न कुराहरुको बताएका छन् ।
आज हामी तपाईलाई तिनै महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौँ ।
१. कोरोना भाइरसबाट बच्नको लागि हाइजीन बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयाग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।
२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।
३. घरबाट बाहिर निस्किँदा ‘एन (९५’ मास्कको प्रयोग गरौँ ।
४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।
५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।
६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।
७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।
८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।
कोरोना भाइरस बारे १० झुट
संसारका १०० भन्दा धेरै देशहरुमा कोरोना भाइरसको महामारी फैलिइसकेको छ । एक पछि अर्को देशमा गर्दै कोरोनाको प्रकोप झनै बढेको छ ।
तर कोरोनाको बारेमा बिभिन्न अफवाह फैलाइएको पनि छ, जसबाट आम मानिसहरु डरले काँपी रहेका छन् । तर आज हामी तपाईलाई कोरोनाको बारेमा १० झुट र त्यको सत्य कुराको बारेमा जानकारी दिनेछौँ ।
१. के कोरोना भाइरस जाडोका कारण फैलिन्छ ?
कोरोना भाइरस जाडोका कारण नफैलिने युनिभर्सिटी अफ हङकङ्गले एक रिसर्चबाट पत्ता लगाएको छ । रिसर्चमा सामान्य फ्लुबाट पीडित व्यक्तिबाट ३ जनासम्म भाइरस फैलिन सक्दछ ।
तर कोरोनाबाट संक्रमित व्यक्तिले भने अत्याधिक मानिसहरुलाई संक्रमण सर्ने हुन्छ । फ्लुको उपचार छ तर कोरोनाको कुनै पनि एक्सनको अनुसन्धान हुन अहिलेसम्म सकेको छैन ।
२. के संक्रमण हुनुको मतलव मृत्यु हो ?
कोरोनाको संक्रमण हुनु नै मृत्यु हुनु भन्ने होइन, विशेषज्ञहरुका अनुसार कोरोनाको संक्रमणबाट मृत्यु हुने खतरा लगभग २० प्रतिशत मात्र हुन्छ ।
३. के पालेका जनावरहरुबाट कोरोनाको खतरा छ ?
अहिलेसम्म कुनै रिसर्चमा कुनै पनि पालिएको जनावरहरुबाट कोरोनाको संक्रमण सर्न सक्दछ भन्ने कुराको पुष्टि भईसकेको छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म यस्ता केहि पनि मामला आएका छैनन् । तर जनावरहरुलाई छोएपछि भने साबुन पानीले हात धुन आवश्यक छ ।
४. के कोरोनाको औषधी आइसकेको हो ?
केरोना भाइरसका लागि अहिलेसम्म कुनैपनि औषधी बनिसकेको छैन ।
संसारभरका वैज्ञानिकहरु कोरोना नष्ट गर्ने औषधीकै खोजीमा छन् । तर चीनले भने भाइरस नष्ट गर्ने औषधीको पत्ता लगाईसकेको दाबी गरेको छ ।
५. के बच्चाहरुमा कोरोनाको खतरा हुँदैन ?
कोरोना भाइरसले बच्चाहरुमा केहि असर गर्दैन भन्ने कुरा गलत हो । तर कोरोनाका धेरैजसो घटनाहरु अहिलेसम्म वयस्क र वृद्धहरुमा मात्र धेरुै देखिएको छ ।
चाइना सीडीसी विक्लीमा प्रकाशित एक रिसर्चका अनुसार १० देखि १९ वर्षका व्यक्तिहरुमा जम्मा १ प्रतिशत व्यक्तिहरुलाई मात्र कोरोनाको संक्रमण देखिएको छ ।
१० देखि कम उमेरका बच्चाहरुलाई १ प्रतिशत भन्दा कम देखिएको पाइएको छ ।
६. के धेरै तापक्रममा कोरोना नष्ट हुन्छ?
अहिलेसम्म यस कुराको कुनै पुष्टि भई सकेको छैन । तर धेरै तापक्रममा भाइरस एक दोश्रोमा फैलिने भन्ने खतरा कम हुन्छ । किनभने सबै भाइरस गर्मीदेखि धेरै टाढा रहन्छन् ।
७. के तातो पानीले नुहाउँदा संक्रमणको खतरा कम हुन्छ ?
यो तथ्य भने एकदमै गलत रहेको एक अध्ययनको निस्कर्ष छ । तर पटक पटक साबुन पानीले हात धुँदा भने कोरोनाको खतरा कम हुन सक्दछ ।
८. के इम्युनिटी बढाउने औषधीले कोरोनाबाट बच्न सकिन्छ ?
औषधी चाहे एलोप्याथिक हो वा फेरी आयुर्वेदिक यसले इम्युनिटीलाई बढाउन सक्दछ तर यसले नै कोरोना भाइरसबाट बचाउन सक्ने भनेर कुनै अध्ययनले पत्ता लगाएको भने छैन ।
९. के नाकमा ब्लीच लगाउँदा कोरोनाबाट मुक्ति मिल्दछ ?
ब्लीच वा क्लोरिन जस्ता किटाणुनाशक सेल्वन्ट्स जसमा ७५ प्रतिशत इथेनल, प्यारासिटिक एसिड र क्लोरोफर्म हुन्छ ।
वास्तवमा कोरोना भाइरसलाई सतहमा नष्ट गर्न सकन्छ, तर सत्य यो हो कि यस्तो किटनाशक छालामा लगाउँदा केहि फाइदा हुँदैन र शरीरका लागि यस्तो रासयन हानीकारक हुन सक्दछ ।
१०. हरेकलाई ‘एन- ९५’ मास्क नै आवश्यक / जरुरी छ त ?
हेल्थ केयर वर्कर, जो कोरोना संक्रमितका साथ काम गर्दछन्, उनीहरुलाई मात्र एन ९५ मास्क लगाउनु आवश्यक छ ।
आम मानिसहरु, जसलाई कोरोनाको केहि लक्षण छैन, उनीहरुलाई कुनै पनि मास्कको आवश्यकता पर्दैन । तर यदि तपाई सार्वजनिक ठाउँमा जानुहुँदैछ भने साधारण मास्क लगाउनु आवश्यक हुन्छ ।
कोरोनाको भय : नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)
आजभोलि सार्वजनिक सवारी साधनमा हिँडडुल गर्दैगर्दा कसैले खोक्यो वा हाँछ्यू ग-यो भने सबैका शंकास्पद नजर उहीतिर हेर्छन् । साथीहरुसँग बसिरहेको वेला त अझ टाउको दुख्यो वा सास फेर्न गाह्रो भएजस्तो भयो भन्नै नहुने । सबैले एउटै प्रतिक्रिया दिन्छन्, ‘कोरोना लाग्यो कि क्या हो ?’
भलै यस्ता अभिव्यक्ति ख्यालठट्टामै दिइएका हुन् तर, आजभोलि कोरोनाको आतंकले मानिसको मानसपटलमा नराम्रोसँग प्रभाव पारेको प्रष्टै हुन्छ ।
अझै सामाजिक सञ्जालपनि कोरोनाका सनसनीपूर्ण खबरले भरिएका छन् ।
नेपाल झन् कोरोनाको ‘मानसिक साइड इफेक्ट’बाट ग्रसित भएको छ । छिमेकी मुलुक हुनु र ‘भिजिट नेपाल २०२०’ चलिरहँदा धेरै भन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्रिनु यसका दुई मूख्य कारण हुनसक्छन् ।
बाहिर निस्किँदा मास्क प्रयोग गर्ने जमात पहिलेभन्दा बढ्नु, बजारमा मास्क तथा ह्याण्ड स्यानिटाइजरहरुको अभाव हुनु आदिले यही संकेत गर्दछ ।
भलै कोरोना संक्रमणको परिक्षणका लागि नमुना पठाइएका ४ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ तर, अझै पनि यसकोे प्रकोप छँदै छैन भन्न मुस्किल भएको चिकित्सक तथा सम्बन्धित निकायको भनाइ छ ।
कोरोना भाइरस, नेपालमा यसको संक्रमणको सम्भाव्यता र त्यसको परिणाम लगायत विषयमा लोकपथ डट कमले विभिन्न चिकित्सकहरुसँग कुराकानी पनि गरेको थियो । यही दौरान ग्रान्डी अस्पतालमा कार्यरत संक्रामक रोग तथा आइसियू विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘हामी जति आत्तिएका छौं त्यति आत्तिनु पर्दैन तर, सतर्क चाहिँ रहनुपर्छ ।’
सतर्क कसरी रहने भन्ने प्रश्नमा उनी भन्छन् :
मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । र, अर्को अत्यन्तै महत्वपूर्ण कुरा जसलाई नजरअन्दाज पनि गरिन्छ त्यो हो, हातको सरसफाइ । मास्क भन्दा बढी हातको सरसफाइमा ध्यान दिनुपर्छ । हातको सरसफाइका विषयमा हामी त्यति ध्यान दिँदैनौं । हेर्दा सफैजस्तो लाग्छ अनि हामी हात नै धुँदैनौं । तर, हाम्रो शरीरमा संक्रमण हुने अधिकांश भाइरस प्राय हातकै माध्यमबाट हाम्रो खाना तथा नाक, आँखा हुँदै हाम्रो शरीरमा प्रवेश गर्छन् ।
हातको सरसफाइ कसरी गर्ने त ?
घरमै हुँदा पनि अरुले प्रयोग गरेको सामानहरु छोएपछि, खाना खानुअघि र पछि राम्ररी साबुन पानी वा ह्याण्ड वासले हात धुने ।
सार्वजनिक स्थलमा कम जाने । भीडभाडमा कम उपस्थित हुने । सकेसम्म धेरैजनाको भेला, सभा समारोहमा नजाने । यदि गइयो भनेपनि ह्याण्ड स्यानिटाइजर आफैसँग बोक्ने वा ७० प्रतिशत इथाइल अल्कोहल भएको एन्टिसेप्टिकले हात सफा गरिरहने ।
त्यस्ता ठाउँबाट फर्किएपछि राम्ररी हातखुट्टा, मुख धोएर, कपडा फेरेर मात्रै खानेकुरा खाने वा हातलाई मुख, आँखा, नाकतिर लग्ने । किनभने कहिलेकाहीँ भाइरस हाम्रो कपडामै पनि अड्किएर रहेको हुनसक्छ । यस्तो अवस्थामा कपडाबाट हाम्रो हातमा र हातबाट नाक, आँखा, मुख हुँदै भित्र जाने सम्भावना हुन्छ । तर, छालाबाट पनि कोरोना भाइरस छिर्छ भन्ने भनाइ चाहिँ अफवाह नै हो ।
मास्कको प्रयोगका बारेमा चाहिँ के भन्नुहुन्छ ? हाम्रो बजारमा पाइने मास्क कतिको प्रभावकारी छन् ?
मास्क अनिवार्य हो । फेरि मास्क पनि सामान्य कपडाको मास्क वा बजारतिर बेच्न राखिने साधारण मास्कले भाइरसलाई छेक्दैन । यसले धुवाँधुलोबाट मात्र बचाउने हो । जति बाक्लो मास्क भयो उत्तिकै प्रभावकारी भन्ने गलत अवधारणा छ मानिसहरुमा ।
भाइरसबाट बच्न दुई प्रकारका मास्कको प्रयोग गर्न सकिन्छ । एउटा सर्जिकल मास्क र अर्को, एन९५ रेस्पिरेटर ।
सर्वसाधारणले प्रयोग गर्ने मास्क भनेको सर्जिकल वा मेडिकल मास्क नै हो । यसमा ३ वटा पत्र हुन्छ । बाहिरी पत्र ‘वाटर प्रुफ’ हुन्छ । जसले बाहिरबाट आउने संक्रमित थुक, (याल, सिँगान आदिका छिटाहरुलाई रोक्छ । त्यस्तै, भित्री पत्रसँग सोस्ने क्षमता हुन्छ जसले हाम्रै नाक, मुखबाट निस्किएका तरल पदार्थहरु सोस्छ । र, अन्तिममा बीचको भाग चाहिँ ‘फिल्टर’ हो । यसले हावालाई फिल्टर गरेर मात्रै भित्ररबाहिर पठाउने काम गर्छ ।
एन ९५ रेस्पिरेटर चाहिँ प्राय चिकित्सकहरुले प्रयोग गर्छन् ।
मास्कका बारेमा थप जानकारी
सर्जिकल मास्क
सर्जिकल मास्क डिस्पोजेबल हुन्छ । एकपटक प्रयोग गरिसकेपछि फेरिफेरि प्रयोग गरिरहन मिल्दैन । ३ देखि ८ घण्टासम्म यसलाई प्रयोग गर्न मिल्ने बताउँछन् चिकित्सक ।
यस्ता मास्कले (याल, थुक वा सिँगानजस्ता शरीरबाट निश्कासन हुने तरल पदार्थबाट सर्ने रोगबाट बचाउनसक्छ । तर, कोरोना भाइरसजस्तो हावाको माध्यमबाट पनि सर्ने रोगबाट बच्न खासै प्रभावकारी हुँदैन ।
यसले :
हावामा भएका ठूला कणहरुबाट बचाउँछ ।
ससाना कणहरुबाट बचाउन सक्दैन ।
यो फिटिङ हुँदैन जसकारण चुहावटको बढी सम्भावना हुन्छ ।
एन ९५ रेस्पिरेटर
यस्तो मास्कले साना कणहरुलाई नाक वा मुखभित्र पस्नबाट प्रभावकारी ढङ्गले रोक्छ ।
हावामा भएका ९५ प्रतिशत अनावश्यक कणहरुलाई छेक्छ ।
यो एकदमै फिटिङ हुन्छ जसकारण चुहावट कम हुन्छ ।
कोरोना भाइरस के हो ? कसरी संक्रमण हुन्छ ? लक्षणहरु केकस्ता हुन्छन् ?
डाक्टर भन्छन् :
आरएनए र डिएनए २ प्रकारका भाइरस हुन्छन् । कोरोना आरएनए भाइरस हो । कोरोना भाइरस आफैमा ५० प्रकारको हुन्छ । ५ वटा प्रजातिको मासिमा हुन्छ बाँकी जनावर र चराहरुमा ।
तीमध्ये सबैभन्दा पहिला मानिसलाई आक्रमण गरेको भनेको सन् २००३ आएको सार्स, २०१३ मा मार्स, अहिले कोरोना अर्थात् कोभिड १९ ।
कोरोना भाइरस पहिल्यैदेखि मान्छेमा छ, जनावर तथा चराचुरुङ्गीमा छ तर, अहिले तिनै भाइरसबाट ‘म्युटेसन’ भएर नयाँ किसिमको कोरोना भाइरस जन्मिएको हो । सामान्य कोरोना भाइरसभन्दा यो अलि खतरा निस्कियो र यसले मृत्युदर बढायो त्यसैले यस्तो परिस्थिति आएको हो ।
जुन वेला चीनमा पहिल्यैदेखि रहिआएको भन्दा नयाँ किसिमको कोरोना भाइरस देखियो त्यसपछि अनुसन्धानहरु भए । यसमा विभिन्न किसिमका हाइपोथेसिसहरु छन् । शुरुमा चमेरामा देखिएको भाइरस सर्पमा आयो र सर्पबाट मान्छेमा भन्ने कुरा छ । तर, चमेरामै चाहिँ कसरी देखियो त यो भाइरस भन्ने विषयमा फेरि केही ‘हाइपोथेसिसहरु’ छन् ।
भाइरसहरु म्युटेसन भइरहेका हुन्छन् । हजारौं, लाखौं म्युटेट भएका भाइरसमध्ये कुनै एउटा चाहिँ चमेरामा मात्र सीमित रहेन, चमेराबाट अन्य जनावर र मान्छेमा स(यो । जाडो मौसममा देखिने यस्ता भाइरसहरु श्वासप्रश्वासमार्फत् सर्ने भएकाले यसलाई ‘रेस्पिरेटोरी भाइरस’ पनि भनिन्छ । त्यसैले श्वासप्रश्वासको प्रक्रियासँग सम्बन्धित तरल उत्पादनहरु जस्तै थुक, -याल, सिँगान आदिमा सास फेर्दा निस्किने सूक्ष्म कण मिसिएर आउँछ र हामीले कोल्दा, थुक्दा वा खकार्दा, हाँछ्यू गर्दा अरुको शरीरमा प्रवेश गर्छ ।
इन्फ्लुएन्जा भाइरससँग यसको लक्षण मिल्छ । अर्थात् रुघाखोकी, सास फेर्न समस्या, ज्वरो यस्तै यस्तै ।
कोरोनाबाट बच्नु छ भने सबैभन्दा उयुक्त तरिका भनेको संक्रमित मान्छेसँग सम्पर्कमै नरहनु हो । मास्कको अनिवार्य प्रयोग गर्ने । मास्कले हाम्रो नाक र मुखलाई मात्र सुरक्षा दिइरहेको हुन्छ त्यसैले आँखालाई पनि सुरक्षित राख्न चस्मा वा फेस सिल्डको प्रयोग गर्ने । र, हातको सरसफाइको बारेमा त मैले भनिहालेँ ।
कोरोनाको कहर :यस्ता छन भ्रम र यथार्थ !
भयावह बनिरहेको कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमण 188 राष्ट्रमा फैलिसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ ।
कोरोना भाइरसको संक्रमण र बच्ने उपायलाई लिएर पछिल्लो समय उठेका विभिन्न जिज्ञासालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्पष्ट पारेको छ ।
धरैजसो घर पालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ भन्ने जिज्ञास सबैको मनमा उठ्ने गर्छ । कोरोना भाइरसबाट घर पालुवा जनावर संक्रमित भएको प्रमाण हालसम्म भेटिएको छैन । तर उनीहरुको सम्पर्कपछि साबुन पानीले राम्रोसंग हात धुनु आवश्यक छ । जसले विभिन्न व्याक्टेरियाका कारण हुने रोगहरुबाट पनि बचाउँछ ।
निमोनिया विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ? भन्ने विषयमा चर्चा चल्ने गरेको छ । निमोनिया विरुद्धको खोप, हिमोफिलस इन्फ्लुएन्जा बी विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । यो भाइरस नयाँ भएकाले यसको लागि नयाँ र यसै विरुद्धको खोपको आवश्यक पर्छ । अध्ययनकर्ताहरुले हाल देखिएको कोरोना भाइरसको संक्रमण विरुद्धको खोपको विकास गर्दैछ । यसका लागि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ ।
त्यस्तै, नाकको सरसफाइ गर्ने विशेष उत्पादन ‘स्लाइन’को सहयोगले नियमित रुपमा नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ की सक्दैन ?
स्लाइनको सहयोगमा नियमित नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन। तर यसले सामान्य रुघाखोकीबाट भने बचाउन मद्दत गर्छ ।
लसुन खानाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?
-लसुन एक स्वथवद्र्धक खाने कुरा हो। जुन एन्टीमाइक्रोबेलले भरिपूर्ण हुन्छ। तर लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन ।
तिलको तेल लगाउनाले कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ ?
-तिलको तेलले कोरोना भाइरसलाई मार्दैन। यसमा भएको केही रासायनिक तत्वले कोरोना भाइरसलाई सतही रुपमा मार्न सक्छ। यसमा किटाणुनाशकमा आधारित ब्लीच÷क्लोराइन, ७५ प्रतिशत इथानल, पारासेटिक एसिड र क्लोरोफर्म मिसाइएको हुन्छ। त्यसलै यो तेल छालामा लगाउने या नाकको तल राख्नुभयो भने सायद यसले भाइरसलाई थोरै या प्रभाव नै नपार्ने हुन सक्छ । तर यो रासायनिक छालाको लागि भने खतरनाक हुन सक्छ ।
के कोरोना भाइरसले वृद्धवृद्धालाई असर गर्छरु या युवाहरु पनि यसको जोखिममा पर्छ?
-सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ । वृद्धवृद्धा, दीर्घ रोगी (दम, मधुमेह, मुटुजन्य रोग ) लाई यस भाइरसले गम्भीर खालका बिरामी बनाउन सक्छ । त्यसैले सबै उमेर समूहका मानिस कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ । यसका लागि हातको सरसफाई र सही तरिकाले श्वासप्रश्वासको सरसफाईमा ध्यान दिन आवश्यक छ ।
कोरोना भाइरसको रोकथाम या उपचारका लागि एन्टीबायोटिक प्रभावकारी हुन सक्छ ?
-एन्टीबायोटिकले भाइरस विरुद्ध काम गर्दैन । यो ब्याक्टेरिया विरुद्धका लागि मात्र हो। हाल देखिएको यो नयाँ कोरोना भाइरस हो । त्यसैले यसको रोकथाम या उपचारका लागि एन्टीबायोटिकको प्रयोग हुँदैन । यद्यपि अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितले एन्टीबायोटिक लिन सक्छन् । किनभने उनीहरुलाई ब्याक्टेरियल संक्रमणको संभावना पनि हुन सक्छ ।
कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध भएको छैन् । हालसम्म कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन । कोरोना संक्रमित व्यक्तिको उपचार अहिले लक्षणको आधारमा गरिन्छ । केही विशेष उपचार अनुसन्धान अन्तर्गत भइरहेका छन्, जुन क्लीनिकल परीक्षण मार्फत भइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसका लागि भइरहेका विभिन्न अध्ययन र विकासलाई समर्थन गरेको छ ।
कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः
हावाको माध्यमबाट
प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि
भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा
कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया