काठमाडौं । बलिउड गायिका कनिका कपूर अहिले अत्याधिक चर्चामा रहेकी छन् । कोरोना भाइरसबाट ग्रस्त कनिकाले शपिङ गर्न, होटल जान र पार्टीमा जान भने अझै छोडेकी छैनन् ।
जसका कारण अन्यलाई पनि कोरोना संक्रमणको जोखिम बढेर गएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । तर कनिकाले भने आफ्नो परिक्षण रिपोर्टमा गल्ती भएको बताएकी छन् ।
उनलाई भारतको लखनउस्थित किंग जर्ज मेडिकल युनिभर्सिटीको पहिलो रिपोर्टमा ‘पुरुष’ भनिएको करिनाले बताएकी छन् । त्यसैले कनिकाले परिक्षणमा गल्ती भएको हुनसक्ने बताएकी छन् ।
कनिकाको अब पुनः दोश्रो स्याम्पल लिएर परिक्षण गरिने भएको छ । साथै उनको परिवारका सबै सदस्यहरुको पनि स्याम्पल लिइएको र केहि सदस्यहरुको रिपोर्ट आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
रिपोर्ट आईसकेका परिवारका केहि सदस्यहरुको भने रिपोर्ट नेगेटिभ पाइएको छ । कनिका ९ मार्चमा लण्डनबाट भारत आएकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया