शेयर बजार बन्द गर्न लगानीकर्ताको माग

काठमाडौं । लगानीकर्ताहरुले शेयर कारोवार बन्द गराउन माग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण सरकारको निर्देशन दिँदा पनि बजार बन्द नगरेको भन्दै लगानीकर्ता नेप्से कार्यालय पुगेका हुन् ।

त्यस्तै त्यसबाट पर्ने जोखिम कम गर्नका लागि शेयर कारोवार बन्द लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा पुगेका हुन् ।

त्यस्तै लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, तथा नेपाल पुँजी बजार संघले बजार बन्द गराउन आग्रह समेत गरेको छ ।

कोरोनाको संक्रमण थप जटिल नहोस भन्नका लागि सरकारले २५ जना भन्दा बढि एकै ठाँउमा भेला नहुन निर्देशन दिएको छ । हाल विश्व नै भाइरसको कारण आक्रान्त भइरहेको यस्तो अवस्थामा उच्च जोखिम रहेको भन्दै लगानीकर्ताहरुले तत्कालै केहि समयका लागि बजार बन्द गराउन आग्रह गर्दै आएका छन् ।

लगानीकर्ताहरुको आग्रह पछि नेपाल धितोपत्र बोर्डले ब्रोकर कार्यालयमा स्क्रीन हेरेर गरिने कारोबार भने बन्द गराइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?